Techie IT
२०८२ चैत्र २८, शनिबार

रवि र बालेनको एकता स्वार्थको जगमा, पतन निश्चित छ - महासचिव पोखरेल


नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकप्रियतावाद र अराजकताको जगमा उभिएका नयाँ शक्तिहरूको भविष्य संकटमा रहेको दाबी गरेका छन्। विचार र सिद्धान्तबिनाको एकता र उदय लामो समय नटिक्ने उल्लेख गर्दै उनले यस्ता शक्तिहरू छिट्टै पतन हुने ठोकुवा गरेका छन् ।

हालैका नयाँ राजनीतिक शक्तिहरू (रवि लामिछाने र बालेन्द्र शाह) बीचको आन्तरिक द्वन्द्व र शक्ति संघर्षलाई संकेत गर्दै महासचिव पोखरेलले विचार नमिल्नेहरूबीच स्वार्थको टकराव आउनासाथ विग्रह सुरु हुने बताए। उनले भने, “रवि लामिछानेलाई जेलको झोला बोकाउने बालेनको अभियान थियो, तर निर्वाचनमा स्वार्थका लागि उनीहरू मिले। जहाँ विचारको जग हुँदैन, त्यहाँ स्वार्थ बाझिनासाथ विग्रह आउँछ।”

महासचिव पोखरेलले नयाँ भनिएका शक्तिहरूले लोकतान्त्रिक मूल्य-मान्यता र स्पेसहरूलाई खुम्च्याउन खोजेको आरोप लगाए। विद्यार्थी संगठन र ट्रेड युनियनमाथि भइरहेको प्रहारको आलोचना गर्दै उनले 'पपुलिज्म' ले जनताका वास्तविक समस्या समाधान नगर्ने बरु भ्रम मात्र छर्ने उल्लेख गरे। “जुन शक्ति जति तीव्रताका साथ उदाउँछ, त्यसको पतन पनि उति नै छिटो हुन्छ,” उनले भने।

एमाले अधिनायकवाद र स्वेच्छाचारी शासनविरुद्ध चट्टान बनेर उभिने स्पष्ट पार्दै पोखरेलले संसद्‍मा पार्टीको संख्या कम भए पनि भूमिका 'निर्णायक र आक्रामक' हुने बताएका छन् । उनले संसदीय मोर्चालाई पार्टीको पुनर्जागरण अभियानसँग जोडेर सरकारका अलोकतान्त्रिक र गैरकानुनी कदमको भण्डाफोर गर्न आफ्ना सांसदहरूलाई आह्वान समेत गरे।

उनले प्रधानमन्त्रीले संसद्‍मा उभिएर जनतासँग संवाद नगरेकोमा आपत्ति जनाउँदै कडा प्रश्न गरेका छन् । उनले भने, “प्रधानमन्त्री सुरक्षा निकायका कार्यक्रममा घण्टौँ सम्बोधन गर्न सक्ने, तर जनताको सार्वभौम थलो संसद्‍मा बोल्न डराउने? यो कस्तो खालको लोकतन्त्र हो?”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट