मन्त्रीहरूले आफ्नो आय स्रोत र तिरेको करको विवरणसमेत सार्वजनिक गर्नुपर्ने राप्रपाको माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले वर्तमान सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्तिमा पारदर्शिता अभाव रहेको आरोप लगाएका छन्।
श्रेष्ठका अनुसार केही मन्त्रीहरूको सम्पत्ति विवरणमा नगद, गरगहना, घरघडेरी, शेयर तथा अन्य लगानी अस्वाभाविक रूपमा उच्च देखिएको छ, जुन औसत नेपाली नागरिकको आम्दानीभन्दा निकै माथि रहेको छ। उनले कतिपय मन्त्रीहरूले कानुनी हदबन्दीभन्दा बढी जग्गासमेत स्वघोषणा गरेको उल्लेख गर्दै त्यसले राज्यको कानून आकर्षित गर्ने अवस्था सिर्जना भएको बताए।
उनले मन्त्रीहरूलाई आफ्नो आय स्रोत र तिरेको करको विवरणसमेत सार्वजनिक गर्न सुझाव दिएका छन्।
श्रेष्ठले भने, “कतिपय मन्त्रीहरूको सम्पत्ति विवरणमा नगद, गरगहना, घरघडेरी, शेयर र अन्य लगानी औसत नेपालीको भन्दा धेरै माथि देखिएको छ। अझ रोचक त के छ भने, केही मन्त्रीहरूले हदबन्दीभन्दा बढी जग्गा आफैंले सार्वजनिक गरेका छन्। यसले राज्यको कानून आकर्षित गर्छ। धन कमाउन पाइन्छ, तर त्यसको स्रोत र कर तिरेको विवरण पनि पारदर्शी हुनुपर्छ।”



तपाईको प्रतिक्रिया दिनुहोस