सरकारी विज्ञापन रोक्ने निर्णयप्रति कांग्रेसको आपत्ति
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने सरकारको निर्णयप्रति नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ।
सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णयले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुग्ने ठहर गर्दै सरकारलाई निर्णय सच्याउन आग्रह गरेको हो।
कांग्रेस प्रवक्ता देवराज चालिसे द्वारा जारी विज्ञप्तिमा सरकारले नियमन गर्न सक्छ तर चयनात्मक व्यवहार गर्न सक्दैन भनिएको छ । काँग्रेसले सो निर्णयलाई सच्याइ समान व्यवहार गर्न सरकारलाई आग्रह गरेको छ ।
विज्ञप्तिमा सञ्चारमाध्यमलाई नियमन गर्ने अधिकार सरकारसँग भए पनि कुनै विशेष सञ्चारमाध्यमलाई लक्षित गरी विभेदपूर्ण नीति अपनाउनु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको उल्लेख गरिएको छ। साथै विज्ञापन वितरण प्रक्रियालाई पारदर्शी, न्यायोचित र मापदण्डमा आधारित बनाउन पनि कांग्रेसले माग गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस