Techie IT
२०८३ वैशाख ८, मंगलबार

गृहमन्त्रालयको साखमा महापतनको अन्तिम बिन्दु नै सुदन गुरुङ: मुमाराम खनाल


राजनीतिक विश्लेषक मुमाराम खनालले वर्तमान गृहमन्त्रीको नियुक्तिलाई लिएर सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि तीव्र कटाक्ष गरेका छन्। सामाजिक सञ्जालमा टिप्पणी गर्दै खनालले २००७ सालका गृहमन्त्री बिपी कोइराला र वर्तमान गृहमन्त्री सुदन गुरुङको व्यक्तित्व तुलना गर्दै यसलाई राज्य प्रणालीको 'चरम रसातल' संज्ञा दिएका हुन्। 

खनालले व्यङ्ग्यात्मक शैलीमा लेखेका छन्, "७५ वर्षमा हामी नेपाली खस्न सक्ने जति रसातलको भड्खालोमा पुग्न सफल भएकोमा हार्दिक बधाई!"

खनालले गृहमन्त्रालयको ऐतिहासिक गरिमा र वर्तमान अवस्थाको चित्रण गर्दै भने - "आज राजनीतिक विश्लेषक मुमाराम खनालले एसमा पोष्ट गर्दै सरकारको नेतृत्व गरिरहेको रास्वपाले गृहमन्त्रालयको धज्जी उडाएको बताएका छन् । उनले भने - वि. संं. २००७ सालमा पहिलो पटक नेपालमा प्रजातन्त्रको प्रादुर्भाव हुनेबित्तिकै ३७ बर्षको उमेरमा नेपाली राजनीति, समाज र साहित्यका धुरन्धर चिन्तक तथा विचारक बि.पी. कोइराला प्रथम गृहमन्त्री भएका थिए। कोइराला गृहमन्त्री बनेको ७५ बर्षपछि लगभग सोही उमेरमा सुदन गुरुङ्ग नेपालका गृहमन्त्री भए।

उनी किन, कसरी र केको आधारमा गृहमन्त्री भए भन्ने कुरा प्रम बालेन्द्र शाह, सभापति रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीलाई थाहा होला। तर उनी गृहमन्त्री बन्नेबित्तिकै नेपालको राज्य प्रणाली यहाँभन्दा तल खस्न सक्ने कुनै ठाउँ छैन भन्ने कुरा गुरुङ्गका आन्दोलनताका अभिव्यक्ति, व्यवहार, क्षमता र संलग्नताले देखाईसकेको थियो।

आजभन्दा ७५ बर्ष अगाडि गृहमन्त्रीको रुपमा मुलुकले पाएको बी. पी. को व्यक्तित्व र आज ७५ बर्षपछि मुलुकले पाएको गृहमन्त्रीको व्यक्तित्वको तुलना गर्दा यो राज्य, समाज र राजनीतिको चरम पतन मात्र होइन, महापतनको अन्तिम बिन्दु हो। सुदन गुरुङ्ग र उनको नैतिकतामाथि बहस गर्नु बेकारको समय बर्बादी मात्र हो"

७५ बर्षमा हामी नेपाली खस्न सक्ने जति रसातलको भड्खालोमा पुग्न सफल भएकोमा हार्दिक बधाई!



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट