Techie IT
२०८३ वैशाख ९, बुधबार

विचौलिया सँगको पार्टनसिपले गृहबाट बाहिरिए गुरूङ, तडकभडक मै वित्यो २६ दिन


गृहमन्त्री सुधन गुरूङले पद सम्हालेको एक महिना नपुग्दै राजीनामा दिएका छन्। सेयर लगानीको स्रोत तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा हिरासतमा रहेका दीपक भट्टसँगको व्यावसायिक साझेदारी सार्वजनिक भएपछि उत्पन्न विवादका कारण उनले आज बुधबार पद त्यागेका हुन्।

गुरूङले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गर्दै आफूले निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्न र पदमा रहँदा स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) नदेखियोस् भन्ने उद्देश्यले पद छाडेको स्पष्ट पारेका छन्। उनले लेखेका छन्, “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कुनै प्रकारको स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने हेतुले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु।”

चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका गुरूङ २६ दिनमै पदमुक्त भएका हुन्। पदभार सम्हालेसँगै ‘ठूला माछा’ समाउने अभियानमा आक्रामक रूपमा प्रस्तुत भएका उनी पछिल्ला दिनमा आफ्नै लगानीसम्बन्धी विवादका कारण आलोचनामा तानिएका थिए। चौतर्फी रूपमा राजीनामाको माग बढेपछि अन्ततः उनले पद त्याग गरेका हुन्।

उनको लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा लगानी रहेको खुलेपछि विवाद चर्किएको थियो।

हेर्नुहोस् गुरुङको भनाई जस्ताको त्यस्तै -

म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।

मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z  आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो। 
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र  त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।

मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।
For my country and For the respect of our security forces and For the youths of Nepal.



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट