Techie IT
२०८३ वैशाख १२, शनिबार

जरा अभियानले कांग्रेस लाई नयाँ दिशा दिन्छ : महामन्त्री पौडेल


नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन्।

कांग्रेस तनहुँले आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको एकता नै सबैभन्दा ठूलो शक्ति भएकाले यसको विकल्प नरहेको उल्लेख गरेका छन् ।

वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई थप मजबुत बनाउन सङ्गठन सुदृढीकरण अपरिहार्य रहेको बताउँदै पौडेलले सबै तहका नेता–कार्यकर्तालाई साझा उद्देश्यका साथ अघि बढ्न आग्रह गरे। उनले पार्टीभित्र सहकार्य, समन्वय र आपसी विश्वास मजबुत बनाएर मात्रै कांग्रेसलाई सशक्त बनाउन सकिने धारणा व्यक्त गरे।

महामन्त्री पौडेलले कांग्रेसले सञ्चालन गरेको ‘जरा अभियान’ले सङ्गठनलाई नयाँ दिशा दिने विश्वाससमेत व्यक्त गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट