Techie IT
२०८३ असार ५, शुक्रबार

उद्योगी पक्राउपछि निजी क्षेत्र त्रसित, रवि लामिछानेले बोलाए आपतकालीन छलफल


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निजी क्षेत्रसँग छलफलका लागि आह्वान गरेका छन्। पछिल्लो समय सरकारले उद्योगी तथा व्यवसायीहरूलाई धमाधम पक्राउ गर्न थालेपछि निजी क्षेत्र त्रसित बनेको अवस्थामा उनले यस्तो पहल गरेका हुन्।

लामिछानेले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्श लगायत संस्थामा आवद्ध उद्योगी–व्यवसायीहरूलाई छलफलमा बोलाएका छन्।

एक व्यवसायीका अनुसार आइतबारका लागि बोलाइएको उक्त छलफलमा देशको अर्थतन्त्र, व्यावसायिक वातावरण सुधार, तथा निजी क्षेत्रले भोगिरहेका समस्या र समाधानका उपायबारे विस्तृत विमर्श हुने जनाइएको छ। लामिछानेले पठाएको निमन्त्रणामा अर्थतन्त्रलाई गति दिन निजी क्षेत्रका सुझावलाई प्राथमिकता दिइने उल्लेख छ।

रास्वपा सरकार गठनपछि उद्योगी–व्यवसायीमाथि पक्राउको क्रम बढ्दै गएपछि निजी क्षेत्रले असन्तुष्टि जनाउँदै आएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट