Techie IT
२०८३ असार ८, सोमबार

कांग्रेसभित्र 'डेडलक' तोड्न गगनको दौडधुप: देउवा र खड्कासँग वारपारको संवाद


नेपाली कांग्रेसभित्रको आन्तरिक कलह चरम उत्कर्षमा पुगेका बेला सभापति गगन थापाले विवाद सुल्झाउन निर्णायक सक्रियता बढाएका छन्। पार्टीभित्र चुलिँदै गएको ध्रुवीकरण अन्त्य गर्न सभापति थापाले संस्थापन र इतर पक्षका शीर्ष नेताहरूसँग 'वन-टु-वन' वार्ता थालेका हुन्।

सभापति थापाले आजै नेता डा. शेखर कोइरालासँग उनकै सम्पर्क कार्यालय विशालनगर पुगेर झण्डै एक घण्टा लामो गम्भीर छलफल गरेका छन्। सभापति निर्वाचित भएपछि कोइरालासँग यो उनको पहिलो औपचारिक संवाद हो। छलफलमा महाधिवेशनको कार्यतालिका र पार्टीभित्रको शक्ति सन्तुलनबारे 'ओपन' कुराकानी भएको स्रोतले जनाएको छ।

कोइरालासँगको भेटलगत्तै सभापति थापाले नेता पूर्णबहादुर खड्कासँग संवाद गर्ने तय भएको छ। प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीभित्रको गतिरोध अन्त्य गर्ने म्यान्डेट सभापतिलाई दिइएकाले उनले सबै पक्षलाई समेट्ने प्रयास गरिरहेका छन्।

"पार्टीलाई आन्तरिक विवादको बन्धक बनाएर राख्न सकिँदैन। मिल्नुको विकल्प छैन, त्यसैले सभापतिले संवादमार्फत सहमतिको विन्दु खोजिरहनुभएको छ," प्रवक्ता चालिसेले भने।

निवर्तमान कार्यवाहक सभापति खड्का र पूर्वसभापति शेरबहादुर देउवा पक्षलाई विश्वासमा लिनु थापाका लागि मुख्य चुनौती देखिएको छ। आगामी महाधिवेशनलाई निष्पक्ष र उत्साहपूर्ण बनाउनका लागि सबै गुटलाई एउटै टेबुलमा ल्याउने रणनीतिमा सभापति थापा केन्द्रित देखिन्छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट