Techie IT
२०८३ वैशाख २२, मंगलबार

कांग्रेसका ५ भ्रातृ संगठन एकैचोटि विघटन, निर्णयसमेत अवैध घोषणा


नेपाली कांग्रेसले पाँच भ्रातृ संगठनलाई एकैपटक विघटन गर्ने कडा निर्णय गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिले ती संगठनका केन्द्रीय कार्यसमितिको म्याद थप नगर्ने निर्णय गरेपछि संगठनहरू स्वतः विघटन भएका हुन्।

विघटन हुनेमा नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल महिला संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेपाल दलित संघ रहेका छन्।

यसअघि तरुण दलका अध्यक्ष विद्वान गुरुङ र दलित संघका अध्यक्ष लोबहादुर विश्वकर्माले राजीनामा दिइसकेका छन्। उनीहरू पूर्वसभापति शेरबहादुर देउवा निकटका नेताका रूपमा चिनिन्छन्।

विशेष महाधिवेशनमार्फत पार्टी नेतृत्वमा गगन थापा आएपछि पनि समयमै महाधिवेशन गर्न नसकेका कारण सम्बन्धित अध्यक्षहरू जिम्मेवारीबाट अलग भएका हुन्।

पार्टीले यसअघि तदर्थ समिति गठन गरिएका भ्रातृ संघहरूलाई २०८१ चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो। समयसीमाभित्र महाधिवेशन नगरे स्वतः पदावधि समाप्त हुने व्यवस्था गरिएको थियो।

पछि २०८२ असार १६ देखि २३ गतेसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकले कार्यतालिका पेश गरेका संघहरूलाई थप समय दिने निर्णय गरेको थियो। तर अधिकांश संगठनले तोकिएको समयसीमाभित्र महाधिवेशन सम्पन्न गर्न नसकेको र तयारीसमेत अपर्याप्त देखिएकाले म्याद थप नगर्ने निष्कर्षमा पार्टी पुगेको हो।

का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलाल का अनुसार, म्याद सकिएका समितिहरूले उक्त अवधिमा गरेका निर्णय र मनोनयनहरू समेत स्वतः अवैध भएका छन्।

निर्णयमा भनिएको छ - ‘म्याद सकिएका समितिले गरेका सबै निर्णय र मनोनयन अवैध ठहरिनेछन्।’ साथै, पार्टी विधानको धारा ४२(१) अनुसार महाधिवेशन हुन बाँकी सबै भ्रातृ संघको अधिवेशन गराउने जिम्मेवारी केन्द्रीय सभापतिलाई दिइएको छ।

यद्यपि, नेपाल थारु संघ को हकमा भने जेठ १६–१७ गते महाधिवेशनको मिति तय भएकाले सो अवधिसम्म समयावधि थप गरिएको कांग्रेसले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट