Techie IT
२०८३ वैशाख ३०, बुधबार

इजरायली राजदूत र ज्ञानेन्द्र शाहीविच भेटवार्ता


राप्रपा नेता ज्ञानेन्द्र शाही र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरीबास बीच बिहीबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका क्रममा नेपाल–इजरायल सम्बन्ध, इजरायलमा रहेका नेपाली नागरिकहरूको सुरक्षा, श्रम तथा रोजगारीका अवसर, साथै द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको बताइएको छ ।

भेटमा शाहीले नेपालले पञ्चशीलको सिद्धान्तमा आधारित स्वतन्त्र, सन्तुलित र शान्तिपूर्ण परराष्ट्र नीति अवलम्बन गर्दै आएको उल्लेख गर्दै नेपाल–इजरायल सम्बन्धलाई पारस्परिक सम्मान, विश्वास र सहकार्यका आधारमा अझ प्रगाढ बनाउनुपर्ने धारणा राखेका थिए ।

छलफलका क्रममा इजरायलमा कार्यरत नेपालीहरूको सुरक्षा र हित संरक्षणलाई प्राथमिकताका साथ सुनिश्चित गर्नुपर्ने विषय उठाइएको थियो । साथै रोजगारीका लागि सबै प्रक्रिया पूरा गरेर पनि जान नपाएका नेपाली कामदारहरूको अवस्थाबारे चासो व्यक्त गर्दै प्रक्रिया छिटो टुङ्ग्याउन आग्रह गरिएको जनाइएको छ ।

त्यसैगरी कृषि, सूचना प्रविधि, सीप विकास, प्रविधि हस्तान्तरण तथा लगानीका क्षेत्रमा नेपाल र इजरायल बीच सहकार्य विस्तार गर्ने सम्भावनाबारे पनि सकारात्मक विचार आदानप्रदान भएको बताइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट