Techie IT
२०८३ असार २६, शुक्रबार

कांग्रेसको सुदूरपश्चिम भेलामा प्रवेश शुल्क बन्यो विवादित, समीक्षा भेला कि चन्दा संकलन?


नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आयोजना गर्न लागेको 'प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला' विवादित बनेको छ। वैशाख २६ र २७ गते हुने उक्त कार्यक्रममा सहभागी हुने प्रत्येक कार्यकर्ताले २५०० रुपैयाँ 'रजिस्ट्रेसन शुल्क' बुझाउनुपर्ने अनिवार्य नियम लगाइएपछि पार्टीभित्रै आलोचना सुरु भएको हो।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद दुलालले वैशाख २३ गते सुदूरपश्चिम प्रदेश कार्यसमितिलाई पत्राचार गर्दै शुल्कबारे जानकारी गराएका हुन्। पत्रमा भनिएको छ, ‘कार्यक्रमको व्यवस्थापन प्रदेश कार्यसमितिले र स्थानीय संयोजन कैलाली जिल्ला कार्यसमितिले गर्नेछ। तर, प्रत्येक सहभागीले रजिस्ट्रेसन बापत २,५०० रुपैयाँ अनिवार्य बुझाउनुपर्नेछ।’

यसअघि गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न भन्दै वैशाख ६ गतेका लागि तय भएको कार्यक्रम स्थगित गरिएको थियो। सहमहामन्त्री प्रकाश स्नेही रसाइलीका अनुसार सोही स्थगित कार्यक्रमलाई अहिले नयाँ स्वरूपमा गर्न लागिएको हो। निर्वाचनमा भोग्नुपरेको परिणामको समीक्षा र स्थानीय तहको कार्यसम्पादनबारे छलफल गर्न बोलाइएको भेलामा कार्यकर्ताबाटै शुल्क असुलिनुलाई धेरैले 'अस्वाभाविक' मानेका छन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट