आगामी बजेट सबै क्षेत्रलाई समेट्ने गरी आउँछ - अर्थमन्त्री वाग्ले
अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी बजेट सबै क्षेत्रलाई समेट्ने गरी ल्याइने बताएका छन् ।
पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले समावेशी र सन्तुलित बजेट ल्याउने तयारी गरिरहेको जानकारी दिए ।
उनले वैशाख अन्तिमसम्म बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गरिने र जेठ १५ गते सरकारले पूर्ण बजेट प्रस्तुत गर्ने बताएका छन् । अर्थमन्त्री वाग्लेले भने, “हाम्रो बाचापत्रमा जे–जे उल्लेख गरेका थियौँ, सकेसम्म सबैलाई न्याय हुनेगरी बजेट ल्याउने प्रयास भइरहेको छ ।” उनले आगामी बजेटमा कुनै क्षेत्रवा समूहलाई पक्षपात नगर्ने स्पष्ट पार्दै “कसैलाई काखा र कसैलाई पाखा गरिने छैन” भन्ने प्रतिबद्धता व्यक्त गरे ।



तपाईको प्रतिक्रिया दिनुहोस