नेकपाले टुङ्ग्यायो ३२ जनवर्गीय सङ्गठनको जिम्मेवारी, कसले पाए कुन मोर्चा ?
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनवर्गीय सङ्गठनहरूको नेतृत्व टुङ्ग्याएको छ । भर्खर सम्पन्न संयोजन समितिको बैठकले ३२ वटा जनवर्गीय समितिका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी बाँडफाँट गरेको हो ।
पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले शनिबार हस्ताक्षर गरेको अन्तरपार्टी निर्देशन (अपानी)–३ मार्फत विभिन्न जनसङ्गठनका नेतृत्व सार्वजनिक गरिएको हो ।
निर्णय अनुसार अखिल नेपाल किसान महासंघको इन्चार्जमा बलदेव चौधरी र सहइन्चार्जमा कुमार पौडेल चयन भएका छन् । अखिल नेपाल महिला सङ्गठनको इन्चार्ज जयन्ती राई तथा सहइन्चार्ज कमला रोका तोकिएका छन् ।
सहिद, बेपत्ता तथा घाइते योद्धा सङ्गठनको इन्चार्ज हितराज पाण्डे तथा सहइन्चार्जमा कृष्णप्रसाद सापकोटा र बालकृष्ण गैरे रहेका छन् । आदिवासी जनजाति महासंघको इन्चार्ज सुरेश आलेमगर तथा सहइन्चार्ज पासाङ शेर्पा चयन भएका छन् ।
इन्जिनियरर्स एशोसिएसनको इन्चार्ज लेखनाथ न्यौपाने र सहइन्चार्ज कपिल आचार्य रहेका छन् भने उद्योग तथा व्यवसायी महासंघको जिम्मेवारी विरोध खतिवडा र कृष्ण आचार्यले पाएका छन् ।
कानुन व्यवसायी सङ्गठनको इन्चार्ज पूर्णबहादुर घर्ती र सहइन्चार्ज रामकुमार ज्ञवाली रहेका छन् । खेलकुद महासंघको इन्चार्ज केशव विष्ट तथा सहइन्चार्ज शिव कोइराला चयन भएका छन् ।
जनसाँस्कृतिक महासंघको इन्चार्ज चेतबहादुर पुन तथा सहइन्चार्जमा इधरचन्द्र ज्ञवाली र उदय श्रेष्ठ रहेका छन् । ट्रेड युनियन महासंघको इन्चार्ज रामदीप आचार्य र सहइन्चार्ज विष्णु लम्साल चयन भएका छन् ।
दलित सङ्गठनको इन्चार्ज गणेश विक तथा सहइन्चार्ज दलजित श्रीपाली रहेका छन् । नेपाल रिटर्नी एशोसिएसनको इन्चार्ज देवेन्द्र पराजुली र सहइन्चार्ज भवानी खड्का तोकिएका छन् ।
युवा सङ्गठनको इन्चार्ज लक्ष्मण केसी तथा सहइन्चार्ज सुमन देवकोटा र ज्ञानबहादुर गुरुङ रहेका छन् । विद्यार्थी सङ्गठनको इन्चार्ज रत्न ढकाल तथा सहइन्चार्ज सुदेश पराजुली चयन भएका छन् ।
त्यस्तै शिक्षक सङ्गठनको इन्चार्ज माधव सापकोटा र सहइन्चार्ज केदार सञ्जेल, प्रेस सङ्गठनको इन्चार्ज प्रकाश ज्वाला तथा सहइन्चार्ज विष्णु सापकोटा र शम्भु श्रेष्ठ रहेका छन् ।
सहकारी सङ्गठनको इन्चार्ज लिलामणि पौडेल, स्वास्थ्यकर्मी सङ्गठनको इन्चार्ज अन्जना विशंखे, सुकुमबासी महासंघको इन्चार्ज नहेन्द्र खड्का तथा आइटी फोरमको इन्चार्ज केशव नेपाललाई जिम्मेवारी दिइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस