Techie IT
२०८३ वैशाख ३०, बुधबार

कम्युनिस्टहरुलाई शून्यमा पुर्‍याउने षड्यन्त्र हुँदैछ - प्रचण्ड


नेपाल कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले पछिल्लो निर्वाचन र त्यसपछिका राजनीतिक परिघटनाले कम्युनिस्ट शक्तिबीच एकताको आवश्यकता अझ बढाएको बताएका छन् ।

निर्मल लामा स्मृति दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले कम्युनिस्टहरू एकताबद्ध हुन नसके त्यो दुर्भाग्यपूर्ण हुने बताए ।

प्रचण्डले विचार, राजनीति र संगठनका आधारमा कम्युनिस्ट एकता अहिले बाध्यात्मक अवस्थामा पुगेको उल्लेख गर्दै विगतका विवाद र तिक्तता दोहोर्‍याएर अब कुनै उपलब्धि हासिल नहुने धारणा राखेका छन् ।उनले दक्षिण एसियाबाटै कम्युनिस्ट आन्दोलन समाप्त पार्ने प्रचार भइरहेको दाबी गर्दै कम्युनिस्ट शक्तिलाई “शून्यमा झार्ने षड्यन्त्र” विरुद्ध सचेत रहन नेता–कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।

प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने र राष्ट्रिय स्वाधीनतामाथि प्रहार गर्ने प्रयास भइरहेको आरोप पनि लगाए । स्थानीय तहदेखि नै वामपन्थी तथा देशभक्त शक्तिहरूबीच एकताको आवाज उठिरहेको उनले बताए ।

“म जहाँ गए पनि नेता–कार्यकर्ताले कम्युनिस्ट एकता, गणतन्त्र र लोकतन्त्रको रक्षा गर्न साझा मोर्चा बनाउनुपर्छ भन्ने कुरा उठाइरहेका छन्,” उनले भने । त्यसक्रममा उनले प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वको सरकारमाथि पनि टिप्पणी गर्दै श्रमजीवी वर्ग, गरिब तथा निमुखामाथि आक्रमण भइरहेको आरोप लगाए ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट