Techie IT
२०८३ जेष्ठ १७, आइतबार

प्रधानमन्त्री बालेनलाई पूर्वप्रधानमन्त्री भट्टराईको कडा सुझाव


काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन शाहलाई सीमा विवाद जस्तो संवेदनशील विषयमा 'अप्रिय सत्य' नबोल्न सुझाव दिएका छन्।

प्रधानमन्त्री शाहले संसद्‌मा "नेपालले पनि भारतको जग्गा मिचेको छ" भनी दिएको अभिव्यक्तिका कारण राजनीतिक तरंग पैदा भइरहेका बेला डा. भट्टराईले सामाजिक सञ्जालमार्फत पदमा बहाल रहँदा कूटनीतिक र राजनीतिक सन्तुलन कायम राख्न यस्तो गम्भीर सुझाव दिएका हुन्।

"पदमा बहाल रहेन्जेल हाम्रो नीतिशास्त्रको यो पद्यांश निरन्तर स्मरण गर्दा राम्रो होला: सत्यं ब्रूयात् प्रियं ब्रूयात् नब्रूयात् सत्यमप्रियम् (सत्य बोल, प्रिय बोल तर अप्रिय सत्य नबोल)," भट्टराईले फेसबुकमा लेखेका छन्।

तर, प्रधानमन्त्री शाह आफैँ संसद् (प्रतिनिधिसभा) मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन रोस्ट्रममा उभिनुलाई भने डा. भट्टराईले सकारात्मक र राम्रो कदम भन्दै प्रशंसा गरेका छन्।

यद्यपि, राज्यको जिम्मेवार पदमा बसेर सीमा र परराष्ट्र जस्तो संवेदनशील मामिलामा ओठे जवाफ दिँदा त्यसले पार्ने दूरगामी कूटनीतिक असरप्रति सचेत रहन उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट