राष्ट्रपतिद्वारा दुई महत्त्वपूर्ण निर्वाचनसम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका दुई महत्त्वपूर्ण निर्वाचनसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ लाई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन्।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार प्रमाणीकरणसँगै यी विधेयकहरू अब कानुनका रूपमा कार्यान्वयनको प्रक्रियामा अघि बढ्नेछन्।
निर्वाचन प्रणाली र मतदाता व्यवस्थापनसँग सम्बन्धित यी संशोधनहरू आगामी निर्वाचनलाई थप व्यवस्थित, प्रभावकारी र समयानुकूल बनाउन महत्त्वपूर्ण मानिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस