Techie IT
२०८३ जेष्ठ १८, सोमबार

प्रधानमन्त्री बालेनको भारतप्रस्त अभिव्यक्तिविरुद्ध प्रतिपक्षी दल एकजुट, आजैबाट संसद् ठप्प पार्ने


प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधि सभा बैठकमा सीमा विवादबारे दिएको अभिव्यक्तिको विरोधमा प्रतिपक्षी दलहरू एकजुट भएका छन्। सोमबार बसेको प्रतिपक्षी दलहरूको आकस्मिक बैठकले प्रधानमन्त्रीको उक्त भनाइ राष्ट्रघाती भएको ठहर गर्दै तत्काल माफी मागेर फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको हो।

बैठकको निर्णयबारे जानकारी दिँदै नेकपाका प्रमुख युवराज दुलालले प्रधानमन्त्रीले माफी नमागेसम्म संसदको कार्यसूची अगाडि बढ्न नदिने बताए। "प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने निष्कर्ष प्रतिपक्षी दलहरूको बैठकले निकालेको छ," दुलालले भने।

प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले संसद्‌को रोष्ट्रमबाटै देशवासीसँग माफी माग्नुपर्ने अडान राखेका छन्। यी मागहरू पूरा नभएसम्म आज दिउँसो १ बजे बस्ने भनिएको संसद् बैठकमा कडा अवरोध सिर्जना गर्ने उनीहरूको रणनीति छ।

"सीमा अतिक्रमणसम्बन्धी प्रधानमन्त्रीले हिजो संसद्‌मा बोलेको कुरा राष्ट्रघाती हो भन्ने हाम्रो साझा निष्कर्ष रह्यो," नेता दुलालले थपे, “यो अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाइएसम्म र प्रधानमन्त्रीले संसद्‌बाटै देशवासीका नाममा माफी नमागेसम्म आज प्रतिपक्षी दलहरूले संसद्‌ अवरोध गर्नेछन्।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट