Techie IT
२०८३ जेष्ठ २०, बुधबार

निर्वाचनपछि पहिलोपटक सार्वजनिक मञ्चमा उत्रिदै ओली


नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन्। पार्टीको केन्द्रीय संगठन विभागद्वारा आयोजित दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्न उनी सार्वजनिक मञ्चमा देखिन लागेका हुन्।

काठमाडौँको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना हुने उक्त कार्यशालाको आज बिहान ११ बजे अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओलीले उद्घाटन गर्ने तय भएको छ। ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ मुख्य विषय रहेको यस कार्यशालाले पार्टीको सांगठनिक सुदृढीकरण र गतिशीलतामा महत्त्वपूर्ण भूमिका खेल्ने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।

निर्वाचन लगत्तै आयोजना गरिएको यस कार्यशालामा पार्टीको सदस्यता विस्तार, नवीकरण प्रक्रिया र सांगठनिक सुदृढीकरणका भावी रणनीतिक योजनाहरूबारे विस्तृत छलफल तथा अभिमुखीकरण गरिनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट