Techie IT
२०८३ असोज १०, शनिबार

रवि लामिछानेको राजनीतिक 'मूभ': भोलि सर्वदलीय बैठक, सबै दललाई निम्तो


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि (सोमबार) का लागि सर्वदलीय बैठक आह्वान गरेको छ। मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न रास्वपा सभापति रवि लामिछानेले सोमबार बिहान ९ बजे सर्वदलीय बैठक बोलाएका हुन्।

सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्ने उक्त बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको छ।

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकमा संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) मा प्रतिनिधित्व गर्ने दलका अध्यक्ष/सभापतिसहित प्रमुख दुई जना नेताहरूलाई सहभागी हुन अनुरोध गरिएको छ। पछिल्लो राजनीतिक घटनाक्रम र संसद्को गतिरोध लगायतका विषयमा बैठकमा गम्भीर छलफल हुने बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट