Techie IT
२०८३ असोज १०, शनिबार

प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्रीले विनियोजन विधेयक प्रस्तुत गर्ने


सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बिहान ११ बजे सुरु हुने बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयक र महासन्धिहरू पेस गर्ने कार्यसूची रहेको छ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'विनियोजन विधेयक, २०८३' प्रस्तुत गर्नेछन्।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको 'अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३' माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालयको समेत कार्यभार सम्हालेकी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) को 'श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं. ८१)' पेस गर्नेछिन्।

मन्त्री गौरी कुमारीले नै अन्तर्राष्ट्रिय श्रम सङ्गठनको 'बाध्यकारी श्रम महासन्धि, १९३०' सम्बन्धी सन् २०१४ को 'प्रोटोकल नं. २९' समेत संसद्‌मा पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट