Techie IT
२०८३ भाद्र १३, शनिबार

हर्क साम्पाङद्वारा रास्वपाको महाधिवेशन बहिष्कार


श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी नहुने घोषणा गरेका छन्।

रास्वपाले आफूलाई महाधिवेशनका लागि निमन्त्रणा गरे पनि प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिमा पार्टीले आफ्नो धारणा स्पष्ट नपारेका कारण आफू उपस्थित हुन नसक्ने साम्पाङले बताएका हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै अध्यक्ष साम्पाङले लेखेका छन्, "रास्वपाले आफ्नो अधिवेशनमा मलाई निम्तो दिएको छ! मलाई थाहा छ, यो सौजन्य (Courtesy) रविजीको हो! तर प्रधानमन्त्रीले सीमाबारे बोलेको विषयमा पार्टीको धारणा आएको भए मलाई पनि सजिलो हुने थियो, जुन आएन। त्यसैले म उपस्थित हुन सक्दिनँ।"

प्रधानमन्त्री शाहको राष्ट्रियता सम्बन्धी अडान र सीमा विवादबारे रास्वपाको मौनतालाई लिएर साम्पाङले असन्तुष्टि पोखेपछि राजनीतिक वृत्तमा यसको चर्चा सुरु भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट