Techie IT
२०८३ कार्तिक ७, शुक्रबार

कांग्रेस इतर पक्षले कात्तिक १५ भित्रै सबै जिल्लामा अधिवेशन सक्ने


नेपाली कांग्रेसको इतर पक्षले कात्तिक १५ गतेभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने लक्ष्यसहित संगठनात्मक गतिविधि तीव्र पारेको छ। मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने घोषणा गरेको इतर पक्षले त्यसअघि पार्टीका सबै तहका अधिवेशन प्रक्रिया पूरा गर्न लागेको हो।

असोज १५ गतेदेखि सुरु भएको अधिवेशन प्रक्रियाअन्तर्गत हालसम्म ४८० वटा पालिका र ६ हजार १०७ वटा वडामा अधिवेशन सम्पन्न भइसकेको केन्द्रीय निर्वाचन समिति संयोजक एगराज पोखरेलले जानकारी दिए।

उनका अनुसार हालसम्म १७० वटा प्रदेशसभा निर्वाचन क्षेत्र, ८५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २१ जिल्लामा समेत अधिवेशन सम्पन्न भएको छ।

बाँकी जिल्लामा पनि कात्तिक १५ गतेभित्र अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको पोखरेलले बताए। इतर पक्षले संगठनात्मक अधिवेशनका सबै प्रक्रिया पूरा गरी मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने घोषणा गरेको छ।

यता, कांग्रेसको संस्थापन पक्षले भने २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिसकेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट