Techie IT
२०८३ असार ६, शनिबार

रास्वपाको निर्णायक केन्द्रीय समिति बैठक आज


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक चितवनको स्मित होटलमा दिउँसो १ बजे सुरु हुने जनाइएको छ।

भोलि (आइतबार) देखि प्रारम्भ हुने रास्वपाको राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकमा महाधिवेशनको सम्पूर्ण व्यवस्थापन, सहभागी प्रतिनिधिहरूको समन्वय तथा कार्यक्रम सञ्चालनका विषयमा विस्तृत छलफल हुनेछ।

त्यसैगरी, महाधिवेशनमा प्रस्तुत गरिने विभिन्न प्रतिवेदनमाथि समीक्षा गर्दै पार्टीको विधान संशोधनसम्बन्धी प्रस्तावहरूमा समेत आवश्यक निर्णय लिने तयारी गरिएको छ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनलाई पार्टीको भावी नेतृत्व, संगठन विस्तार र नीतिगत दिशासँग जोडेर हेरिएकाले आजको केन्द्रीय समिति बैठकलाई विशेष महत्वका साथ हेरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट