Techie IT
२०८३ असार १०, बुधबार

झोला काण्डमा प्रधानमन्त्रीपत्नी सविनाको आक्रोश, भनिन् योजित रूपमा चरित्र हत्या गरियो


प्रधानमन्त्री वालेन्द्र शाहकी पत्नी सविना काफ्लेले चितवनबाट काठमाडौँ फर्किने क्रममा सुरक्षाकर्मीले बोकेको झोला आफ्नो नभएको स्पष्ट पारेकी छन्। सामाजिक सञ्जालमा प्रधानमन्त्री र उनीसँगै रहेका सुरक्षाकर्मीले झोला बोकेको तस्बिरलाई लिएर विभिन्न टिप्पणी र आलोचना हुन थालेपछि उनले बुधबार साँझ फेसबुकमार्फत यस्तो प्रष्टीकरण दिएकी हुन्।

उनले उक्त झोला सम्बन्धित सुरक्षाकर्मीकै निजी सामान भएको दाबी गर्दै मिडियाले सत्यता नबुझी आफ्नो चरित्र हत्या र मानहानि गर्न खोजेको आरोप लगाएकी छन्।

सामाजिक सञ्जालमा काफ्लेले लेखेकी छन्:- "राजनीतिक परिवेश परिवर्तन भैरहेको अवस्थामा, नेता वा कुनै राजनीतिज्ञको र उसको परिवारको साना भन्दा साना कुराहरू आम मानिसले कौतुहलता, शंका र सचेतताले हेर्ने चाहना बढेको छ र हेर्न आवश्यक पनि छ .. गलत छ भने खण्डन गर्न पक्कै पनि पाइन्छ ।

तर, चितवनको एउटा विशेष बसाइ पछि आज काठमाडौं फर्किने क्रममा मेरो परिवारको एउटा फोटोलाई लिएर मेरो ब्याग सुरक्षा कर्मीले बोकेको भन्ने समाचार देखेपछि अचम्मित छु .. अनि दुखित पनि छु । समाचार लेख्नु अघि घटनाको सत्यता बुझ्न जरुरी छ जस्तो लाग्छ । किनकि जुन सुरक्षाकर्मीले त्यो ब्याग बोकेको छ, त्यो ब्याग उहाँको आफ्नै निजी हो । तर यहाँ अनेक शंका र अनेक अड्कलबाजीले मेरो चरित्र हत्या गर्न खोजिएको छ । तर महिलाको चरित्र हत्या गरेर चर्चामा आएको मिडियाबाट यो समाचारको सुरुवात गरिएको देखेपछि यो नियोजित छ भन्ने मैले बुझेँ ।

पुराना र नयाँ उस्तै उस्तै भन्दै गरिएका टिप्पणी सबै हेरिरहेकी छु .. हुन त विगत केही समयदेखि मलाई पुराना (श्रीमती) पात्रहरूसँग दाँजेर अरू पनि समाचारहरू बनाइएको छ र कमेन्टहरू पनि गरिराखिएको छ जुन कुरामा मलाई खासै बोल्नु परेको जस्तो लागेको थिएन तर आजको ब्याग बोकेको समाचारले म चुप बस्न हुँदैन जस्तो लाग्यो ।

नयाँहरू आए तर नयाँलाई हेर्ने पुरानो दृष्टिकोण चाहिँ अझै उस्तै छ .. देशको चौथो खम्बा भनिएको मिडियाको समाज निर्माण र राजनीतिक विश्लेषणमा एकदमै ठूलो भूमिका हुन्छ । र गैरजिम्मेवार ढंगले यसरी समाचार बनाएर कसैको मानहानी गर्नु गैरकानुनी हो । जुन सुधारिन जरुरी छ । 

हुन त म सार्वजनिक मान्छे हो, यो सबै कुरा प्रेस काउन्सिलमार्फत कुनै कानुनी प्रक्रिया, मुद्दा मामिलामा लगेर गर्नु पर्ने हो । तर म एउटा आम नागरिकको हैसियतले आज यो कुरा गर्दैछु । किनभने यो एकदमै सानो कुरा हो । र यस्तो सानो तिनो अल्झनमा अल्झिने मेरो समय र प्रतिष्ठा पनि होइन । बस यति हो कि यो सानो कुराले निम्त्याउने मानहानीका मुद्दाहरू हामी सबैले बुझ्न जरुरी छ जस्तो लाग्छ । र यस्ता समाचार लेख्ने लेखनमा संलग्न पत्रकारहरूले सुधारिनु पर्छ भन्न चाहन्छु । त्यसैले यी कुराहरू लेखेँ ।" 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट