Techie IT
२०८३ असार १४, आइतबार

कम्युनिष्ट आन्दोलनका शीर्ष नेताहरू एउटै मञ्चमा सम्बोधन गर्दै


तत्कालीन नेकपा एमालेका महासचिव एवं जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती आज देशव्यापी रूपमा विविध कार्यक्रम गरी मनाइँदै छ। यसै अवसरमा मदन भण्डारी फाउण्डेसनले काठमाडौँस्थित राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना गर्दै छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुन लागेको यस कार्यक्रमलाई मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका कारण निकै अर्थपूर्ण रूपमा हेरिएको छ। विशेष गरी वैचारिक मतभिन्नताका बीच कम्युनिष्ट आन्दोलनका शीर्ष नेतृत्व एउटै मञ्चमा उभिने भएपछि यसले राजनीतिक वृत्तमा ठुलो चासो जगाएको छ।

समारोह अन्तर्गत आयोजना गरिएको ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरू माधव कुमार नेपाल र झलनाथ खनाल, तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

मार्क्सवादको नवीन प्रयोगकर्ता, प्रखर विचारक तथा 'जनताको बहुदलीय जनवाद' (जबज) सिद्धान्तका प्रवर्तक मानिने भण्डारीको जन्म १४ असार २००९ मा ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो। नेपाली राजनीतिमा अमिट छाप छाड्न सफल जननेता भण्डारीको ३ जेठ २०५० मा चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी निधन भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट