Techie IT
२०८३ असार १६, मंगलबार

ओलीको वाम एकता प्रस्तावमाथि बाँस्कोटाको प्रश्न के आफू हट्न सक्छौ?


नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले वामपन्थी एकताको बहसलाई पार्टी नेतृत्वको असफलता ढाकछोप गर्ने प्रयासको संज्ञा दिँदै सार्वजनिक रूपमा कडा आलोचना गरेका छन्।

आज विहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बाँस्कोटाले पटक–पटक फुटेको राजनीतिक सम्बन्धलाई फेरि जोड्ने प्रयासलाई ‘लालसायुक्त रोग’को संज्ञा दिएका छन्। उनले वाम एकताको रटान नेतृत्वले आफ्नो असफलता लुकाउन र शक्तिमा टिकिरहन प्रयोग गरेको ‘भुत्ते हतियार’ भएको टिप्पणी गरेका छन्।

उनले वास्तविक सुधार र शक्ति आर्जन गर्न चाहने हो भने पहिले पार्टी विभाजन गर्नु गल्ती भएको स्वीकार गर्न नेतृत्व तयार हुनुपर्ने बताएका छन्। साथै नेतृत्वलाई प्रश्न गर्दै उनले लेखेका छन्, “आफू छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ ?”

आइतबार मदन जयन्तीका अवसरमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूले वामपन्थी शक्तिबीच एकताको आवश्यकता औंल्याएका थिए।

यही विषयमा एमाले महासचिव शंकर पोखरेलले पनि आइतबार नै फरक धारणा सार्वजनिक गर्दै वाम एकताको बहसप्रति असन्तुष्टि जनाएका थिए। बाँस्कोटाको पछिल्लो अभिव्यक्तिले एमालेभित्र वाम एकताको विषयमा मतभेद सतहमै आएको संकेत गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट