Techie IT
२०८३ असार १५, सोमबार

सुकुम्बासीलाई बलजफ्ती निकाले परिणाम गम्भीर हुने नेता श्रेष्ठको चेतावनी

सुकुम्बासी हरुलाई छिटो भन्दा छिटो वैज्ञानिक र मानवीय रुपमा उचित बसोबासको व्यवस्था गरियोस्


नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको उचित पुनर्वासको व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक वक्तव्य जारी गर्दै उनले सुकुम्बासी समस्याको वैज्ञानिक र मानवीय समाधान खोज्न आग्रह गरेका हुन्।

नेता श्रेष्ठले सुकुम्बासीहरूलाई उचित विकल्प र पुनर्वासको व्यवस्था विना नै होल्डिङ सेन्टरबाट बलजफ्ती निकाल्ने कार्य भइरहेको भन्दै त्यसलाई तत्काल रोक्न चेतावनी दिएका छन्। सो कार्य नरोकिए त्यसको परिणाम निकै गम्भीर हुन सक्ने उनको भनाइ छ।

"अहिले पुनर्वासको व्यवस्था बिना नै सुकुम्बासीहरूलाई ती होल्डिङ सेन्टरबाट बलजफ्ती निकाल्ने सूचना, धम्की र चेतावनी दिइएको छ, जुन नितान्त गलत र गैरजिम्मेवार छ," श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, "सुकुम्बासीहरूलाई छिटोभन्दा छिटो वैज्ञानिक र मानवीय रूपमा उचित बसोबासको व्यवस्था गरियोस् र त्यस्तो व्यवस्था नभएसम्मका लागि होल्डिङ सेन्टरबाट बलजफ्ती निकाल्ने कार्य बन्द गरियोस्, अन्यथा त्यसको परिणाम धेरै गम्भीर हुन सक्नेछ।"

नेता श्रेष्ठले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले नेपाली सेनासहितको सुरक्षा फौज प्रयोग गरी अमानवीय ढङ्गले सुकुम्बासीहरूलाई हटाउन खोजेको आरोप समेत लगाएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् - "बालेन्द्र सरकारले नेपाली सेना सहितको सुरक्षा फौज प्रयोग गरी बलप्रयोग द्वारा अमानवीय ढंगले सुकुम्बासी हरुलाई विस्थापन गरी पुनर्वासको उचित व्यवस्थापन नभए सम्मको लागि भन्दै विभिन्न होल्डिङ सेन्टरहरुमा राखेको थियो । तर अहिले पुनर्वासको व्यवस्था बिना नैं सुकुम्बासीहरुलाई ती होल्डिङ सेन्टर बाट बलजफ्ती निकाल्ने सूचना ,धम्की र चेतावनी दिइएको छ ,जुन नितान्त गलत र गैरजिम्मेवार छ ।सुकुम्बासी हरुलाई छिटो भन्दा छिटो वैज्ञानिक र मानवीय रुपमा उचित बसोबासको व्यवस्था गरियोस्  र त्यस्तो व्यवस्था नभए सम्मको लागि होल्डिङ सेन्टरबाट बलजफ्ती निकाल्ने कार्य बन्द गरियोस् ,अन्यथा त्यसको परिणाम धेरै गम्भीर हुन सक्नेछ ।"



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट