रास्वपाको नयाँ नेतृत्वको ११ बजे सामूहिक शपथ हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज आयोजना गरिँदैछ।
चितवनको भरतपुरमा भर्खरै सम्पन्न पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यसहित कुल १०५ जनाको नयाँ टिमले आज शपथ लिन लागेको हो।
पार्टी केन्द्रीय कार्यालय, चमतीमा बिहान ११ बजेका लागि शपथ ग्रहणको समय तय गरिएको रास्वपाले जनाएको छ। महाधिवेशन पश्चात् औपचारिक रूपमा कार्यभार सम्हाल्न लागेको यस नयाँ नेतृत्वलाई आगामी राजनीतिक कार्यदिशा तय गर्ने र पार्टी सङ्गठनलाई थप मजबुत बनाउने मुख्य चुनौती छ।



तपाईको प्रतिक्रिया दिनुहोस