एक वर्षसम्म कसैलाई अन्तर्वार्ता दिन्नँ - मन्त्री पुन
विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूलाई कुनै पनि अन्तर्वार्ता नदिने घोषणा गरेका छन्। केही दिनअघि ट्राफिक नियम र जरिवानाको विषयलाई लिएर आफूले दिएको अभिव्यक्ति विवादमा परेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो अप्रत्याशित निर्णय सार्वजनिक गरेका हुन्।
पुनले सामाजिक सञ्जालमा आक्रोश र असन्तुष्टि व्यक्त गर्दै अति महत्त्वपूर्ण सार्वजनिक विषयबाहेक आगामी एक वर्षसम्म साना-ठूला युट्युबर, सोसल मिडिया र पत्रकार कसैलाई पनि एक शब्द अन्तर्वार्ता नदिने अडान राखेका छन्। केही दिनअघि अनलाइन मिडियाहरूलाई अन्तर्वार्ता दिने क्रममा उनले गुड्ने सवारी साधन र ट्राफिक नियम उल्लङ्घनको प्रसङ्गमा ‘अटेर गर्नेलाई ५० हजार रुपैयाँ जरिवाना गर्नुपर्छ’ भनी दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा तीव्र आलोचनाको विषय बनेको थियो।
सोही विवादबारे स्पष्टीकरण दिँदै पुनले आफ्नो शब्द फिर्ता लिएर माफी समेत मागेका छन्। उनले आफ्नो अज्ञानवश कसैलाई चोट पुगेको भए क्षमा गरिदिन आग्रह गर्दै ट्राफिक नियम अटेर गर्नेहरूलाई मुटुमा हात राखेर सोच्न समेत भनेका छन्। जरिवानाको अङ्कका विषयमा थप प्रस्ट पार्दै पुनले आफूलाई सो नियमबारे विस्तृत जानकारी नहुँदा नहुँदै पनि अन्तर्वार्ताकारहरूले ‘कोट्याई कोट्याई’ सोधेको र ५० हजारको प्रसङ्ग पत्रकारहरूले नै निकालेको दाबी गरेका छन्।
मन्त्री पुनको स्टाटस-



तपाईको प्रतिक्रिया दिनुहोस