Techie IT
२०८३ असार २९, सोमबार

मिडिया हाउस घेरेर सरकारले लोकतन्त्रकै धज्जी उडायो: कांग्रेस सांसद गुरुङ


नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रमुख सञ्चार माध्यमहरूका कार्यालय अगाडि सवारी आवागमन नै अवरुद्ध हुने गरी सरकारले शङ्कास्पद रूपमा गाडीहरू राखेर निगरानी बढाएको आरोप लगाएकी छिन्।

प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै सांसद गुरुङले सरकारको यस्तो कदमको कडा शब्दमा निन्दा गरेकी हुन्। कान्तिपुर, अनलाइनखबर र हिमालयन टिभी जस्ता स्थापित सञ्चारमाध्यमहरूलाई लक्षित गरी सरकारले संयन्त्र परिचालन गरेको भन्दै उनले आपत्ति जनाएकी छन् ।

नागरिकका आवाज सार्वजनिक गर्ने र राज्यलाई जवाफदेही बनाउने सञ्चारमाध्यममाथि नै सरकारले गिद्धे नजर लगाएको उनको आरोप छ। सांसद गुरुङले मिडिया हाउस अगाडि सवारी साधन तैनाथ गरिनुको सत्यतथ्य तत्काल सार्वजनिक गर्न समितिमार्फत सरकारको गम्भीर ध्यानाकर्षण समेत गराइन्।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले भनिन्: “प्रमुख मिडिया हाउसहरूको कार्यालय अगाडि सरकारले निगरानी राख्ने उद्देश्यले शङ्कास्पद रूपमा गाडीहरू खडा गरेको समाचार र जानकारीहरू बाहिर आएका छन्। यसको वास्तविक सत्यतथ्य के हो? राज्यलाई जवाफदेही बनाउन खोज्दा र नागरिकका आवाज मुखरित गर्दा यसरी मिडियामाथि नै निगरानी राख्न खोज्नु घोर निन्दनीय छ। सरकारले किन त्यहाँ गाडीहरू पठाइरहेको छ र एक किसिमको त्रास फैलाउन खोज्दैछ? यस विषयमा समितिमार्फत सरकारले स्पष्ट जवाफ दिनुपर्छ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट