Techie IT
२०८३ असार २९, सोमबार

मिडिया हाउस घेरेर सरकारले आफ्ना कमजोरी ढाकछोप गर्न खोज्यो - नेकपा


नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशका प्रमुख सञ्चारगृहहरूको मूल प्रवेशद्वारमा शङ्कास्पद रूपमा सवारीसाधन राखेर नियमित कार्यसम्पादनमा अवरोध सिर्जना गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।

सोमबार पार्टीका प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको जुनसुकै स्वरूपको हस्तक्षेप तत्काल बन्द गर्न सरकारसँग जोडदार माग गरिएको छ। संविधानले प्रत्याभूत गरेको प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गरिने हस्तक्षेप लोकतान्त्रिक व्यवस्थामाथिकै गम्भीर प्रहार भएको नेकपाको ठहर छ।

प्रेसलाई त्रसित बनाउने, दबाबमा राख्ने वा भयको वातावरण सिर्जना गरेर सत्य तथ्य बङ्ग्याउन खोज्ने प्रवृत्ति लोकतन्त्रविरोधी भएको भन्दै पार्टीले यस्ता हर्कत कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिएको छ।

विज्ञप्तिमा भनिएको छ:- "सुकुम्वासी, मिटरब्याज पीडित, सहकारी पीडित, बेरोजगार युवा र जनजीविकाका सवालमा निरन्तर खबरदारी गर्ने सञ्चारमाध्यमलाई नै निशाना बनाउने प्रयास अत्यन्त गम्भीर छ। राज्य संयन्त्रका कमजोरी ढाकछोप गर्न वा आलोचनात्मक आवाजलाई कमजोर बनाउन प्रेसमाथि दबाब सिर्जना गर्ने प्रवृत्ति संविधान, लोकतान्त्रिक मूल्य र विधिको शासनविपरीत छ।"

नेकपाले उक्त घटनाको निष्पक्ष, स्वतन्त्र र शीघ्र अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न सरकारसँग माग गरेको छ। साथै, आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाउन र प्रेसले निर्भयतापूर्वक समाचार सम्प्रेषण गर्न सक्ने लोकतान्त्रिक वातावरण सुनिश्चित गर्न समेत सरकारको ध्यानाकर्षण गराइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट