Techie IT
२०८३ असार ३१, बुधबार

सरकार सस्तो स्टन्ट र विषयान्तर गर्न माहिर: सांसद गुरुङ


नेपाली कांग्रेसकी सांसद गीता गुरुङले वर्तमान सरकार गम्भीर मुद्दाहरूबाट पन्छिन र जनताको ध्यान अन्यत्र मोड्न सस्तो स्टन्ट र विषयान्तर गर्न माहिर रहेको आरोप लगाएकी छन्। 

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गुरुङले सरकारको यस्तो कार्यशैलीले जनतामा चरम निराशा बढाएको बताएकी हुन्। मन्त्रीहरूको सम्पत्तिमाथि प्रश्न उठ्दा सुकुम्बासी बस्तीमा डोजर चलाइएको र तत्कालीन सचिव कृष्णहरि पुष्कर पक्राउ पर्दा प्रधानमन्त्री र मन्त्रीहरू सामाजिक सञ्जालमा रमाएको भन्दै उनले सरकारको कडा आलोचना गरिन्।

सदनमा बोल्दै सांसद गुरुङले कीर्तिपुरको सुकुम्बासी बस्ती डुबानमा परेर जनता हाहाकारमा छटपटाउँदा सरकार उदासिन बनेको तर त्रिपुरेश्वर, बुद्धनगर र सर्लाहीमा भएका तीन वटा आत्मदाहका गम्भीर घटनालाई ढाकछोप गर्न नयाँ फन्डा रचिएको दाबी गरिन्। 

उनले भनिन्, ‘अहिले मिडियाको गेट र प्रमुख प्रतिपक्ष दलका सभापति गगन थापाको निवास अगाडि गाडी राखिएको फन्डा अगाडि सारिएको छ।’ राष्ट्रिय सरोकारका गम्भीर विषय उठ्दा विषयान्तर गर्न आउने यस्ता सस्ता सरकारी हत्कण्डाहरू अब नयाँ नरहेको उल्लेख गर्दै उनले सरकारलाई सस्तो स्टन्टको पछि नकुद्न चेतावनी समेत दिइन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट