Techie IT
२०८३ असार ३१, बुधबार

एमाले-काँग्रेस गठबन्धन संकटमा: सातै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने कांग्रेसको निर्णय


केन्द्रको सत्ता समीकरणमा फेरबदल आएसँगै नेपाली कांग्रेसले सातवटै प्रदेशमा नेकपा (एमाले) सँगको सहकार्य तोड्ने भएको छ। प्रदेश सरकारहरूमा एमालेको व्यवहार चित्तबुझ्दो नभएको निष्कर्ष निकाल्दै कांग्रेसले सबै प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको हो। पार्टीका शीर्ष नेताहरूबीच निरन्तर भएका छलफलमा ठोस सहमति जुट्न नसकेपछि कांग्रेस एमालेसँगको गठबन्धनबाट बाहिरिने निर्णयमा पुगेको हो।

बुधबार मात्रै एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए भने कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारबाट एमालेका मन्त्रीहरूलाई बर्खास्त गरिएको थियो। यो विवाद बाँकी पाँच प्रदेशमा पनि विस्तार हुने निश्चित भएको छ। कांग्रेस स्रोतका अनुसार प्रदेशमा नेकपा (माओवादी केन्द्र) वा अन्य दलहरूसँग नयाँ समझदारी जुटेमा सरकार गठनको प्रयास गरिनेछ, अन्यथा सातै प्रदेशमा प्रमुख प्रतिपक्षी बेन्चमा बस्नेगरी कांग्रेसले आन्तरिक गृहकार्य अघि बढाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट