प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित
प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित भएको छ।
बुधबार बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसद्को अर्को बैठक आगामी साउन १४ गते दिउँसो १ बजे (वा तोकिएको समय) बस्ने गरी स्थगित भएको जानकारी गराउनुभएको हो।
आजको बैठकमा शून्य तथा विशेष समयमा सांसदहरूले उठाएका समसामयिक विषयमा छलफल भएलगत्तै सभामुखले आगामी साउन १४ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभयो।



तपाईको प्रतिक्रिया दिनुहोस