Techie IT
२०८३ श्रावण ४, सोमबार

वर्तमान सरकार हत्याहिंसा, तोडफोड र आगजनीको जगमा बन्यो - अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतान्त्रिक विधिभन्दा बाहिर गएर हत्याहिंसा र तोडफोडको जगमा बनेको गम्भीर आरोप लगाएका छन्।

एमाले संसदीय मामिला विभागद्वारा आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित सांसदहरूसँगको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सत्तापक्षको तीव्र आलोचना गरेका हुन्।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले मुलुकको राजनीतिक अवस्था प्रति चिन्ता व्यक्त गर्दै भने:- “अहिलेको नेपालको राजनीति परिभाषाविहीन, दिशाविहीन र थितिविहीन तरिकाले चलिरहेको छ। लोकतन्त्रमा सरकार परिवर्तन गर्ने स्पष्ट कानुनी र संवैधानिक बाटाहरू हुन्छन्। तर, दुर्भाग्यवश अहिलेको सरकार हत्याहिंसा, तोडफोड, कब्जा र आगजनीको बलमा बनेको हो।”

अध्यक्ष ओलीले देशको समग्र राजनीति कुनै निश्चित सिद्धान्त र विधिबिना सञ्चालन भइरहेको दाबी गरे। गत भदौ २३ र २४ गतेको राजनीतिक घटनाक्रमपछि मुलुकको राजनीतिले सही बाटो समात्न नसकेको र पूर्ण रूपमा दिशाहीन बनेको उनको भनाइ थियो। उनले आफ्ना सांसदहरूलाई संसद्मा सशक्त भूमिका निर्वाह गर्न र जनसरोकारका मुद्दामा खरो उत्रिन समेत निर्देशन दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट