Techie IT
२०८३ असोज ७, बुधबार

रास्वपा सरकार आएपछि विदेशिने युवाको लर्को बढ्यो - अध्यक्ष ओली


नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मिटरब्याज पीडितहरूलाई फेरि एकपटक ठूलो धोका दिएको गम्भीर आरोप लगाएका छन्। पार्टी कार्यालय च्यासलमा आयोजित एमाले सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारको कपटपूर्ण व्यवहारको परिणाम मिटरब्याज पीडितहरूले पछि मात्रै थाहा पाउने दाबी गरे।

देशको अर्थतन्त्र संकटग्रस्त बनेको तर्फ औंल्याउँदै ओलीले सरकारको तीव्र आलोचना गरेका छन् । “अहिले अर्थतन्त्र उकास्नेतर्फ होइन, डुबेको अर्थतन्त्रलाई 'डुबेको छैन' भनी देखाउन झन् डुबाउने आत्मघाती काम भइरहेको छ ।” ओलीले भने  मूल्यवृद्धि के हो? यो गरिब सिध्याउने हतियार हो। बढ्दो मूल्यवृद्धि र सेयर बजारको अस्थिरताले गरिब र सर्वसाधारणलाई झन् बढी डुबाउँदै लगेको छ।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा आएपछि विदेशिने नेपाली युवाहरूको सङ्ख्या गत वर्षभन्दा निकै बढेको दाबी गरेका छन् । 

हल्ला गर्नु एउटा कुरा हो। पोहोर साल यतिबेला तिर विदेश मान्छे पठाइए भनेर उधुम हल्ला मच्चाइएको थियो । तर, अहिले बाहिरिनेहरूको सङ्ख्या झन् बढेको छ। तर, अहिले 'बाहिर जानु त युवाहरूको अधिकार हो नि' भन्दै कुतर्क गरिँदैछ। पोहोर जाँदा अस्वाभाविक हुने, अहिले जाँदा स्वाभाविक हुने?" भन्दै ओलीले प्रश्न गरेका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट