Techie IT
२०८३ श्रावण २५, सोमबार

भारतीय राजदूत श्रीवास्तवले दिए प्रधानमन्त्री वालेनलाई मोदीको सन्देश


प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तव

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटका क्रममा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट प्रधानमन्त्री शाहलाई सफल कार्यकालको शुभकामना सन्देश सुनाएका हुन्।

प्रधानमन्त्रीमा निर्वाचित भएपश्चात राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहसँग गरेको यो पहिलो एकल (एक्लाएक्लै) भेटवार्ता हो। यसअघि प्रधानमन्त्री शाहले विदेशी राजदूतहरूसँग सामूहिक भेटघाट मात्र गरेका थिए।

भेटवार्ताका क्रममा नेपाल र भारतबीचको बहुआयामिक तथा बलियो साझेदारीलाई थप प्रगाढ र सुदृढ बनाउने विषयमा फलदायी विचार विमर्श भएको राजदूत श्रीवास्तवले सामाजिक सञ्जाल ‘एक्स’ (X) मार्फत जानकारी दिएका छन्। प्रधानमन्त्री शाहसँगको भेटलाई उनले आफ्नो लागि सम्मानको विषय समेत बताएका छन्।

भेटको अवसरमा प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर आपसी सहकार्यमा काम गर्नुपर्ने आवश्यकतामा जोड दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट