Techie IT
२०८३ श्रावण २५, सोमबार

प्रधानमन्त्रीलाई सांसद घतानीको प्रश्न - राष्ट्रलाई सम्बोधन गरेको कि फेसबुक मनिटाइजेसन बढाएको ?


नेकपा एमालेकी सांसद निता घतानीले प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा आधिकारिक माध्यमबाट नभई आफ्नो व्यक्तिगत फेसबुकमार्फत सम्बोधन गरेको भन्दै चर्को असन्तुष्टि व्यक्त गरेकी छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद घतानीले राज्यका आधिकारिक संस्थालाई बाइपास गरेर व्यक्तिगत सामाजिक सञ्जालबाट राष्ट्रका नाममा सम्बोधन गर्नु गम्भीर आपत्तिजनक भएको बताइन्।

सांसद घतानीले प्रश्न गर्दै भनिन्, “प्रधानमन्त्रीको सम्बोधन फेसबुक एकाउन्टबाट आउँछ। प्रधानमन्त्रीज्यू, राष्ट्रलाई सम्बोधन गर्नुभएको हो कि आफ्नो फेसबुक पेजको भ्युज र मनिटाइजेसन बढाउनुभएको हो? डिजिटल सरकार ठीक छ, प्रविधिको प्रयोग गरौँ, तर राज्यको आधिकारिक संस्था बाइपास गरेर फेसबुकको भ्युजबाट देश चलाउने होइन।”

डिजिटल नेपालको अवधारणा राम्रो भए पनि देश फेसबुकको पहुँचले नभई संविधान र राज्यका आधिकारिक संस्थाहरूले चलाउनुपर्ने उनको जोड थियो। साथै, उनले प्रधानमन्त्रीको उक्त शैलीलाई लिएर आपत्ति जनाउँदै सम्बन्धित विषय संसदको रेकर्डबाट हटाउनुपर्ने माग समेत गरेकी छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट