Techie IT
२०८३ असोज १२, सोमबार

नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु


नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज (शुक्रवार) देखि काठमाडौँमा सुरु हुँदैछ। काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने यस भेलामा पूर्वसभापति शेरबहादुर देउवा प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्।

राष्ट्रिय भेला आयोजक समितिको प्रचारप्रसार उपसमितिका संयोजक मीन विश्वकर्माले सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार आज दिउँसो १ बजे उद्घाटन समारोहबाट भेला सुरु हुनेछ।

पहिलो दिन उद्घाटन सत्र मात्र सञ्चालन हुनेछ भने बाँकी दुई दिन बन्द सत्रहरू हुनेछन्। बन्द सत्रका दौरान पार्टीको आगामी रणनीति र सङ्गठन सुदृढीकरणका विषयमा विस्तृत छलफल हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट