Techie IT
२०८३ भाद्र २३, मंगलबार

जेन–जी शहीद दिवस: पश्चिमा देशद्वारा शुभकामना व्यक्त, भारत, चीन र रुस भने मौन


अमेरिका र बेलायतलगायतका विभिन्न देशहरूले गत भदौ २३ गतेको ‘जेन–जी विद्रोह’ का क्रममा ज्यान गुमाउनेहरूको सम्झनामा सरकारद्वारा घोषित ‘जेन–जी विद्रोह शहीद दिवस’ का अवसरमा शुभकामना तथा श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

नेपालस्थित अमेरिकी दूतावासले शहीद दिवसको अवसरमा शुभकामना दिँदै भनेको छ, "नेपालका युवाको समृद्ध एवं आशाजनक भविष्यको आकांक्षाप्रति सम्मान व्यक्त गर्दछौँ ।" त्यस्तै, बेलायती दूतावासले पनि आन्दोलनमा ज्यान गुमाएका युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।

यसैगरी, जेन–जी विद्रोहमा ज्यान गुमाएका युवाको पक्षमा यसअघि संयुक्त विज्ञप्ति जारी गर्ने देशहरूको समूहमध्ये जापानी दूतावासले पनि शुभकामना सन्देश जारी गर्दै नेपाली युवापुस्ताको आशा र आकाक्षाहरू कहिल्यै नबिर्सिने उल्लेख गरेको छ।

तर, गत वर्षको यो विद्रोहप्रति राजनीतिक रूपमा प्रतिक्रिया नजनाएका भारत, चीन र रुसजस्ता देशहरू भने यसपटक पनि पूर्ण रूपमा मौन रहेका छन्। यो समाचार तयार पार्दासम्म भारतीय दूतावासले केवल बाढीका विषयमा मात्र उल्लेख गरेको छ भने चिनियाँ र रुसी दूतावासबाट पनि कुनै प्रतिक्रिया आएको छैन।

स्मरण रहोस्, जेन–जी विद्रोह उत्कर्षमा पुग्दा भारतीय तथा रुसी सञ्चार माध्यमहरूले यसलाई "कलर रिभोलुसन" (रंग क्रान्ति) को संज्ञा दिएका थिए भने चिनियाँ मिडियाहरू खासै मुखर भएका थिएनन्। यसको विपरीत, अमेरिका, बेलायत र जापानलगायतका पश्चिमा देशका सञ्चार माध्यमहरूले भने उक्त विद्रोहलाई ‘क्रान्ति’ को रूपमा चित्रण गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट