बालेन सरकारको आयु लामो छैन: नेता खनाल
नेकपाका नेता झलनाथ खनालले बालेन शाह नेतृत्वको सरकारको आयु लामो नभएको टिप्पणी गरेका छन्। काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले वर्तमान सरकारको नीति र बजेटलाई हेर्दा यसको कार्यकाल लामो समय नटिक्ने जस्तो देखिएको बताएका छन्।
नेता खनालले मुलुकमा गएको बाढी र विपद् व्यवस्थापनको सन्दर्भमा सरकार पूर्ण रूपमा चुकेको आरोप लगाएका छन्। उनले भने, “यो बाढी नेपालको इतिहासमै पहिलो भयावहको स्थिति छ। उद्धार, राहत र पुनस्र्थापनाको लागि जुन नीति लिएर जानुपथ्र्यो, त्यसमा सरकारले गल्ती गर्यो। प्राविधिक ल्याउन र सुरुङको उद्धारमा बाहिरको सहयोग लिन ७ दिन ढिलाइ भयो।”
स्थानीय र प्रदेश सरकारलाई बाइपास गर्नु सरकारको मुख्य कमजोरी भएको औंल्याउँदै उनले सरकारको यही कमजोरीका कारण धेरै नागरिकले अकालमा ज्यान गुमाउनुपरेको बताएका छन् । यद्यपि, पीडितहरूको पुनर्स्थापनाको काममा भने पार्टीले पूर्ण साथ दिने उनको भनाइ थियो।
यसैबिच, कम्युनिस्ट पार्टीहरू अब नयाँ ढङ्गले नचल्ने बताउँदै नेता खनालले कम्युनिस्ट शक्तिहरू पुनर्गठित र रूपान्तरण भएर अघि बढ्ने बताए।



तपाईको प्रतिक्रिया दिनुहोस