Techie IT
२०८३ भाद्र ३०, मंगलबार

ठगीको अभियोगका फरार प्रतिवादी वली गोंगबुबाट पक्राउ


वैदेशिक रोजगारसम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। सल्यान बागचौर नगरपालिका-१२ घर भई हाल काठमाडौं महानगरपालिका-२६ बस्ने ३० वर्षीय खिमबहादुर वलीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

वैदेशिक रोजगार न्यायाधिकरणबाट पक्राउ अनुमति जारी भई लामो समयदेखि फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको विशेष टोलीले गोंगबु क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार वलीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

यसैगरी,  जापान पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। आकर्षक तलबको प्रलोभन देखाएर ठगी धन्दा चलाइरहेका उनीहरूलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-७ बस्ने ४५ वर्षीय गंगाबहादुर कटुवाल र सर्लाही हरिवन नगरपालिका-२ घर भई हाल काठमाडौं बस्ने ३८ वर्षीय हेमबहादुर बोम्जन रहेका छन् । 

कटुवालले जापान पठाइदिने भन्दै एक पीडितबाट १ लाख ५० हजार रूपैयाँ र बोम्जनले पनि जापानै पठाइदिने बाहानामा एक पीडितबाट १ लाख रूपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले कटुवाललाई महानगरपालिका-१२ र बोम्जनलाई महानगरपालिका-२८ बाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट