Techie IT
२०८३ असोज १, बिहीबार

देउवा पक्षका सबै माग पूरा भइसकेकाले चुनदेवीमा बस्न जरुरी छैन: सह–महामन्त्री राणा


उदयशमशेर राणा

नेपाली कांग्रेसका सह–महामन्त्री उदयशमशेर राणाले संस्थापन पक्षबाट सबै माग पूरा भइसकेकाले अब निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरू छुट्टै (चुनदेवी) समूहमा बसिरहनु उपयुक्त नहुने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा उनले पार्टीका सबै पक्ष मिलेर आगामी १५औँ महाधिवेशनमा जानुपर्नेमा जोड दिएका थिए।

"गगन थापाले पार्टी मिलाउन चाहेनन् भन्ने कुरामा कुनै सत्यता छैन। हामीले उहाँहरूको सबै माग पूरा गरिसकेका छौँ। अब अझै समय छ, त्यसैले चुनदेवीमा बस्न कुनै कारण र औचित्य छैन" नेता राणाले भने।

साथै, उनले आगामी महाधिवेशनसम्म सभापति गगनकुमार थापालाई नै मुख्य नेतृत्व मानेर अगाडि बढ्नुपर्ने बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट