Techie IT
२०८३ असोज २, शुक्रबार

अर्थमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय झण्डा नराखिएकोप्रति नेता शाहीको कडा आपत्ति


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा कूटनीतिक मर्यादा उल्लंघन भएको भन्दै आपत्ति जनाएका छन्।

भारतीय समकक्षीसँगको भेटका दौरान नेपालको राष्ट्रिय झण्डा नराखिएको विषयमा प्रश्न उठाउँदै शाहीले अर्थमन्त्रीको भ्रमणको हैसियतमाथि नै शंका व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै शाहीले विदेश भ्रमणका क्रममा विधि, नीति र कूटनीतिक मर्यादाको पालना हुनुपर्नेमा जोड दिएका छन्। उनले नयाँदिल्लीस्थित नेपाली राजदूतावास नजिकै हुँदा पनि द्विपक्षीय बैठमा एउटा राष्ट्रिय झण्डा समेत राख्न नसक्नुको कारणबारे सार्वजनिक रूपमा स्पष्टीकरण माग गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट