युक्रेनको युद्धविराम योजनामाथि पुटिनद्वारा ‘गम्भीर आशंका’ व्यक्त, छलफल जारी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३० दिने युद्धविराम गर्ने वासिङ्टनको योजनाबारे आफूलाई गम्भीर आशङ्का रहेको तर मस्को अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्न तयार रहेको बताएका छन् ।
पुटिनले संयुक्त राज्य अमेरिकासँगको वार्तामा युक्रेनले मङ्गलबार संयुक्त राज्य अमेरिकासँगको वार्तामा सहमति जनाएको यस योजनामा आफ्नो पहिलो टिप्पणी राख्दै भने, “म प्रस्तावित युद्धविरामको ‘पक्षमा’ छु तर ‘त्यहाँ सूक्ष्मताहरू छन्’ र यसले कसरी काम गर्नेछ भन्ने बारेमा ‘गम्भीर प्रश्नहरू’ उठाएको छ ।”
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनको टिप्पणीलाई ‘धेरै तोडमोड’ गरिएको अभिव्यक्तिका रूपमा निन्दा गरे । उनले भने, “गत रातिको आफ्नो सम्बोधनबाट पुटिनले ‘वास्तवमा प्रस्तावलाई अस्वीकार गर्ने तयारी गरिरहनुभएको बुझिन्छ तर यसलाई ‘अमेरिकी राष्ट्रपति ट्रम्प’ समक्ष व्यक्त गर्न चाहनुहुन्न । वास्तवमा, उहाँ (पुटिन) यो युद्ध जारी राख्न चाहनुहुन्छ ।”
संयुक्त राज्य अमेरिकाले रूसलाई बिना कुनै शर्त युद्धविराममा सहमत हुन आह्वान गरेको छ तर पुटिनले धेरै आपत्तिहरू उठाउँदै भनेका छन्, “मलाई लाग्छ कि हामीले हाम्रा अमेरिकी सहकर्मीहरूसँग कुरा गर्न आवश्यक छ । सम्भवतः ती कुराबारे उनीहरूले राष्ट्रपति ट्रम्पसँग टेलिफोनमा कुरा गर्नु छलफल गर्नु उचित होला ।”
पुटिनले युद्धविराम ‘सही विचार’ भएको तर यो प्रस्तावले युक्रेनलाई फाइदा पु¥याउने बताएका छन् । रुसले द्रुत गतिमा आफ्नो भूमि कब्जा गरिरहेको र युक्रेनका सैनिकहरूले धक्का खेपिरहेको वेला हजारौँ किलोमिटर लामो युद्धको अग्र भागमा युद्धविरामको अनुगमन कसरी गर्ने भनेर पनि प्रश्न गरे ।
ट्रम्पले पुटिनको वक्तव्य ‘आशाजनक’ तर ‘पूर्ण नभएको’ बताएका हुन् । “वास्तवमा अन्तिम सम्झौताको धेरै विवरणहरू छलफल गरिएको छ । अब हामी रुस त्यहाँ छ कि छैन भनेर हेर्न गइरहेका छौं र यदि छैन भने यो विश्वका लागि निकै निराशाजनक क्षण हुनेछ,” ट्रम्पले भने ।
उनले भने, “म उहाँसँग भेट्न वा उहाँसँग कुरा गर्न चाहन्छु । हामीले युद्धविराम वार्तालाई छिटो टुङ्ग्याउनुपर्छ।”
बुधबार कुर्स्क क्षेत्रमा रहेको सैनिक मुख्यालयको भ्रमणपछि रुसी राष्ट्रपतिट्रम्पले युक्रेनविरुद्ध आफ्ना सेनाले गरेको प्रगतिको प्रशंसा गर्दै उनीहरू अग्रपङ्क्तिका ’व्यावहारिक सबै क्षेत्रमा अघि बढिरहेको’ बताएका छन् ।
उनले भने, “स्थलगत अवस्था कसरी विकसित हुन्छ, त्यसको आधारमा हामी द्वन्द्व अन्त्य गर्ने र सबैलाई स्वीकार्य हुने सम्झौतामा पुग्ने अर्को कदममा सहमत हुनेछौँ।”
ट्रम्पले तीन वर्षभन्दा लामो द्वन्द्वको शीघ्र अन्त्यका लागि जोड दिइरहेका बेला उनका दूत स्टिभ विटकोफ उक्त योजनाबारे छलफल गर्न बिहीबार मस्को पुगेका थिए ।
क्रेमलिनका एक उच्च सहयोगी युरी उशाकोभले राष्ट्रपति पुटिनले ‘सङ्केत’ दिएपछि विटकोफले पुटिनलाई भेट्ने बताएका छन् ।
रुसले एक वर्षभन्दा बढी समयदेखि युद्धभूमिमा अघि बढिरहेको छ र बिहीबार युक्रेनी सेनालाई रुसको कुस्र्क क्षेत्रको सुद्जा शहरबाट लखेटेको दाबी गरेको छ ।
मस्कोले युद्धभूमिमा अग्रता हासिल गरे पनि आफ्नो टोलीले युद्धविराम गर्न सक्नेमा आशावादी रहेको राष्ट्रपति ट्रम्पले बताएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस