Techie IT
२०८२ असोज ८, बुधबार

संसद् भवनभित्रै ‘हत्यारा’ सांसद !


काठमाडौं । संघीय सांसद एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले संसद् भवनभित्रै हत्या–आतंकमा संलग्न सांसद खुलेआम हिँडिरहेको आरोप लगाएका छन् । 

आज (आइतबार) बसेको संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै शाहीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै यस्तो आरोप लगाएका हुन् । 

उनले भने, ‘खुल्लामञ्चमा उभिएर पाँच हजार मान्छे मैले मारेको हुँ भन्ने व्यक्ति यो देशको प्रधानमन्त्री बन्न पाउने व्यवस्था हो । भारतको दिल्लीमा बसेर नेपालमा निहत्था मान्छे मार्नुपर्छ भनेर अघि बढ्ने व्यक्ति यही देशको सांसद र मन्त्री बन्न पाउने व्यवस्था उत्तम होइन ।’

प्रचण्डले सिन्धुपाल्चोक पुगेर अस्ति (शुक्रबार) दिएको अभिव्यक्तिप्रति पनि उनले आपत्ति जनाएका थिए । प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइ मारा, तस्करको आरोप लगाएका छन् । 

त्यस्तै नेकपा (एमाले)का सांसद रघुजी पन्तले शाहीलाई बहसका लागि इतिहास पढेर आउन आग्रह गरेका थिए । जवाफलमा उनले मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो भन्दै प्रश्न गरे ।  

त्यस्तै पन्तले राजाको कालमा भएका हत्याका घटनाहरूको फेहरिस्त बताएपछि शाहीको जवाफ थियो, ‘यहाँ आएर जे मन लाग्यो त्यही बोल्ने ? अघि हत्याराका कुरा गर्नुभएको थियो, मदन भण्डारीको हत्या कसले गर्यो ? त्यो हत्या पत्ता लगाउँछु भन्ने मान्छे अहिले प्रधानमन्त्री हुनुहुन्छ । मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो ? यसको जवाफ यस संसद्लाई चाहिन्छ ।’



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट