Techie IT
२०८२ असोज ८, बुधबार

प्रधानमन्त्री ओलीमाथि मन्त्री फेर्न चर्को दबाब


काठमाडौं । कांग्रेस–एमाले सत्ता गठबन्धनका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब बढ्दै गएको छ । मन्त्रिपरिषद् पुनर्गठन गरेरै भएपनि मन्त्रीहरू फेरबदल गर्न दबाब बढेको हो । 

आज (आइतबार) बसेको संसद् बैठकमै सत्तारूढ एमाले सांसद रघुजी पन्तले मन्त्री फेर्नुपर्ने सुझाव दिएका छन् । 

‘उहाँको क्याबिनेटले राम्ररी जनताको सेवा गरेको छैन भने, यो प्रधानमन्त्रीय व्यवस्था हो । मन्त्री फेर्न सक्नुहुन्छ,’ उनले भने, ‘म प्रधानमन्त्रीलाई पनि आग्रह गर्दछु, जनताको चासोलाई सम्बोधन गरौँ । जनताको भावनालाई सम्बोधन गरौँ । लोकतन्त्र भनेको जनभावनाअनुसार अघि बढ्ने हो,’ 

पफर्मेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न जरुरी नभएको उनले बताए । ‘निश्चय पनि प्रधानमन्त्रीले मूल्यांकन गर्नुभएको होला,’ पन्तले भने ।

मन्त्रीको कार्यसम्पादनमाथि जताततै चर्को आलोचना हुँदै आएको छ । तर, प्रधानमन्त्री ओलीले यस विषयमा केही बोलेका छैनन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट