Techie IT
२०८२ असोज ७, मंगलबार

नेपाल कमर्स क्याम्पस स्ववियुमा अनेरास्ववियुको जित, रोकाहा सभापतिमा निर्वाचित


काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नतिजा सार्वजनिक भइरहेका बेला नयाँ बानेश्वरस्थित नेपाल कमर्स क्याम्पसमा अनेरास्ववियुले विजय हासिल गरेको छ।

क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार रोकाहा प्यानलसहित विजयी भएका हुन् । उनले गठबन्धन दलहरूको संयुक्त प्यानललाई पछि पार्दै सम्पूर्ण पदमा जित हासिल गरेका छन्।

स्ववियु निर्वाचनमा अनेरास्ववियुले लामो समयपछि नेपाल कमर्स क्याम्पसमा एकछत्र विजय हासिल गरेको हो । सभापति रोकाहासहितको टिमले उपसभापति, सचिव, सह–सचिवलगायत सबै पदमा क्लिनस्वीप गरेको छ।

निर्वाचन परिणामपछि विजयी टिमले विजयोत्सव मनाएको थियो। अनेरास्ववियुका विद्यार्थी नेताहरूले यो जितलाई परिवर्तनको संकेत भन्दै थप जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस वर्षको स्ववियु निर्वाचनमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देशभरका क्याम्पसहरूमा मतदान भएको थियो । विभिन्न क्याम्पसमा मतगणना जारी छ भने केही क्याम्पसमा मतपरिणाम सार्वजनिक भइसकेका छन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट