जनप्रशासन क्याम्पसमा अखिल (क्रान्तिकारी)को जित, तिवारी भारी मतले विजयी

काठमाडौं । हिजो सम्पन्न त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा जनप्रशासन क्याम्पसमा अखिल (क्रान्तिकारी)ले विजय हासिल गरेको छ।
त्रिविको सबैभन्दा ठूलो जनप्रशासन क्याम्पसमा अखिल (क्रान्तिकारी)का तर्फबाट सभापतिका उम्मेदवार अनिकेत तिवारी भारी मतान्तरसहित विजयी भएका हुन् ।
चुनावमा विभिन्न विद्यार्थी संगठनहरू प्रतिस्पर्धामा रहे पनि तिवारीले प्रमुख प्रतिस्पर्धीहरूलाई फराकिलो मतान्तरले पछि पार्दै विजयी भएका छन्। यो विजयसँगै अखिल (क्रान्तिकारी)ले जनप्रशासन क्याम्पसमा आफ्नो प्रभाव पुनः कायम गर्न सफल भएको छ ।
निर्वाचनपछिको प्रतिक्रिया दिँदै नवनिर्वाचित सभापति तिवारीले विद्यार्थी हकहितका सवालमा आफ्नो नेतृत्व दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, "हामीले पाएको यो जनमतको सम्मान गर्दै शिक्षाको गुणस्तर, क्याम्पस व्यवस्थापन सुधार र विद्यार्थीको आवाज बुलन्द बनाउने कार्यमा लाग्नेछौँ।"
तपाईको प्रतिक्रिया दिनुहोस