Techie IT
२०८२ वैशाख १७, बुधबार

जनमत र नागरिक उन्मुक्ति पार्टीको एकता आजहुँदै


धेस र थरूहट आन्दोलनबाट उदाएका दुई फरक राजनीतिक धार जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी आज  बुधबार औपचारिक रूपमा एकीकृत हुँदैछन्। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा बिहान ११ बजे पार्टी एकता घोषणा कार्यक्रम तय गरिएको छ ।

सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी प्रेरित नागरिक उन्मुक्ति पार्टी (नाउपा) पछिल्लो समय एकताको गृहकार्यमा सक्रिय थिए। चुनावअघि नै प्रयास भए पनि तत्कालीन परिस्थितिका कारण एकता सम्भव भएन । अहिले भने दुबै शीर्ष नेता स्वयंको संलग्नतामा पार्टी एकीकरण अन्तिम चरणमा पुगेको हो ।

एकीकृत दलको नाम ‘नागरिक जनमत पार्टी’ राखिएको छ । नयाँ पार्टीको अध्यक्षमा सिके राउत रहनेछन् भने नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहअध्यक्ष हुनेछिन् । संरक्षकको रूपमा रेशम चौधरीलाई पहिलो वरीयतामा राखिएको छ । पार्टीको झण्डा आयाताकार कलेजी रङको पृष्ठभूमिमा सेतो पिँध सहितको ढकिया हुनेछ । चुनाव चिन्ह पनि ढकिया नै रहनेछ ।

नयाँ पार्टीको केन्द्रीय समिति ७ सय सदस्यीय हुने र नीति–सिद्धान्तमा सामुदायिक समाजवाद, प्रत्यक्ष निर्वाचित कार्यकारी, विज्ञ मन्त्री प्रणाली, संवैधानिक अंगका प्रमुख जनताबाट निर्वाचित हुने लगायत शासन व्यवस्थासम्बन्धी महत्वपूर्ण प्रस्तावहरू समेटिएको जनाइएको छ ।

एकता पश्चात प्रतिनिधि सभामा नागरिक जनमत पार्टीका कुल १० सांसद रहनेछन् । सुदूरपश्चिमदेखि मधेससम्मको जनमतलाई समेट्दै बनेको यो एकता नेपाली राजनीतिमा नयाँ समीकरणको संकेतका रूपमा हेरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट